जन सरोकारफोटो फिचर

नरदेवी श्वेतकाली बाह्रवर्षे जात्रा (फोटो फिचर)

नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमा गर्दै देवगण । देवगणमा स्वेतकाली अजिमा, कुमारी, भैरव, बाराही, गणेश, द्रौपती सिंघेणी, बाधिणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी र नारायणी रहन्छ ।

नरदेवीमा १२ वर्षे जात्रा सञ्चालनको अनौठो प्रक्रिया छ । बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाच अन्तर्गत विशेष देवीनाचपर्व मनाउने परम्परा छ ।

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ । सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ । बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । हरेक वर्ष पाहाँ चर्हेँको दिन डबलीमा नरदेवी निकाल्नुपर्छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ । तर १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ ।

‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किनुभएको भन्ने किम्बदन्ती छ । ‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको उहाँले भन्नहाुभयो ।

उहाँ भन्नुहुन्छ, त्यो समयमा नरदेवी शक्ति पीठको रुपमा थिए । गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्रि भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो । मुख्य शहरअन्तर्गत पर्ने मन्दिरहरु मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ ।

तर विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उहाँ बताउनुहुन्छ । जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गर्नुभएको अभिलेखमा उल्लेख गरिएको छ ।

तस्वीर- रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.