जापान

नेपाल आदिवासी जनजाति महासंघ नागोयामा नयाँ नेतृत्व

नेपाल आदिवासी महासंघ जापान क्षेत्रीय समिति नागोयाको तेश्रो अधिवेशन रिना तामाङको अध्यक्षतामा २३ नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

जापानको नागोयास्थित साकाएको देउराली दोहोरी साँझको हलमा आइतबार सम्पन्न अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पुन, उपाध्यक्षमा बितम लिम्बु र अमर गुरुङ चयन गरेको छ । त्यस्तै महिला उपाध्यक्षमा सावित्री गुरुङ, सचिवमा हिरा थापा, सहसचिवमा नरेश राई र कोषाध्यक्षमा याख्खा चयन हुनुभएको छ ।

त्यसैगरी अधिवेशनले सदस्यहरुमा संजय लामा तामाङ, लक्ष्मी गुरुङ, सृजना गुरुङ, लाक्पा शेर्पा, हेमबहादुर थापा मगर, माया पुर्जा मगर, किर्दाची शेर्पा, शान्ति तामाङ, केशब शिरिष मगर र बिमला मगरलाई चयन गरेको छ ।

कार्यसमितिले सविन राई, संजय तामाङ ‘मेन्दोला’, कौडा बूढा मगर र विकास राना मगरलाई सल्लाहकारमा चयन गरेका छन् भने सुमन लिम्बु र गंगा घर्ति मगरलाई संरक्षकको जिम्मेवारी दिएको छ।

अध्यक्ष तामाङका अनुसार समितिको बाँकी सदस्य भने पहिलो बैठक अघि नै मनोनित हुनेछन् । प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गरेको कार्यसमितिमा सबै एकल जातीय संघसंस्थाहरु र साधारण सदस्यहरुलाई सहभागिता गराइएको थियो ।

उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका अध्यक्ष सन्जिब चाम्लिङ्ग राई र नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका निवर्तमान अध्यक्ष सुमन लिम्बुको उपस्थिति थियो ।

साथै उक्त कार्यक्रममा विशेष अथितिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको पूर्व अध्यक्ष कौडा बूढा मगर र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.