क्रिकेटखेल

त्रिदेशीय टी-२० श्रृङ्खला : नेपालद्वारा पिएनजी पराजित

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० श्रृङ्खला अन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । विजयका लागि १८४ रन पछ्याएको पिएनजी १९.२ ओभरा १६८ रनमा अलआउट भयो ।

कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २२ र करणले ४ ओभरमा ४२ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

नोर्मान भानुआले पीएनजीबाट सर्वाधिक ५२ रन बनाए । उनले २९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । करणले १९ औं ओभरमा भानुआ र सिमोन अटाईलाई लगातर बलमा आउट गरी नेपाललाई खेलमा फर्काएका थिए । अन्तिम ओभरको तेस्रो बलमा सन्दीप र दीपेन्द्रसिंह ऐरी मिलेर एलेइ नाओलाई रनआउट गरी नेपाललाई विजय दिलाए ।

सेसे बाउ ३०, चार्ल्स अमिनी २२ र लेगा सिएका २१ रनमा आउट भएका थिए । कप्तान असाद भालाले ७ रनमात्र बनाउन सके ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पीएनजीले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई रन बनाएको थियो ।

कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि उनी लामो समय टिक्न सकेनन् । ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी अनावश्यक दौडिँदा रनआउट हुन पुगे । उनले २० रन बनाए । अर्का ओपनर आसिफ शेखले ३५ बलमा सर्वाधिक ४३ रन बनाए । ५ चौका र १ छक्का प्रहार गरेका उनी विकेटको पछाडि क्याच दिन पुगे । दीपेन्द्रसिंह ऐरीले ४ रनमात्र बनाउन सके ।

अन्तिम समयमा ट्वान्टी २० टोलीमा समावेश गरिएका रोहित पौडेलले ३४ रन जोडे । उनले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । नेपालले २९ रनको अन्तरमा ५ विकेट गुमाएको थियो । जसमा आसिफ, रोहित, दीपेन्द्रसहित कुशल मल्ल ११, लोकेश बम ५ रनमा आउट भए ।

करण केसीले २ छक्का प्रहार गर्दै ७ बलमा १४ रन जोडे । सोमपाल कामीले १ रनमात्र बनाउन सके । आरिफ शेखले २२ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । सन्दीप १ रन बनाई अविजित रहे ।

पीएनजका एलेइ नाओले ४ ओभरमा ४ ओभरमा ३९ र चार्ल्स अमिनीले ४ ओभरमा ३८ रन खर्चेर २/२ विकेट लिए ।

यसअघिको एकदिवसीय श्रृङ्खलाको दुबै खेलमा पिएनजीले नेपाललाई पराजित गरेो थियो । टी २० श्रृङ्खलामा नेपाल, मलेसिया र पिएनजी समवेश छन् । प्रत्येक टोलीले आपसमा दुई खेल खेल्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.