राजनीति

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गर्नुभएको छ ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति  बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गर्नुभएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एकमहिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रवक्ता डा महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले  सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.