जनजाति महासंघ, जापानको अध्यक्षमा सुकुमान थिङ सर्वसम्मत चयन
नेपाल आदिवासी जनजाती महासंघ जापानको १८औ महाधिबेशनबाट अध्यक्षमा नेपाल तामाङ समाज जापानको पूर्व अध्यक्ष एवम् वर्तमान एनटीएसका संरक्षक सुकमान थिङ तामाङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

मार्च २६ मा सम्पन्न महाधिवेशनले उपाध्यक्षहरुमा भक्त गुरूङ, प्रमिला गौचन, शिशिर निङ्लेकु लिम्बु, केबी शेर्पा, थानु राना मगरलाई चयन गरेको छ भने महासचिवमा प्रमिला राई चयन हुनुभएको छ ।
यसै गरी सचिवमा बाल बिक्रम तिगेला कोषाध्यक्षमा कान्छा लामा शेर्पा र प्रवक्तामा भविन्द्र कुलुङ राई, सदस्यहरूमा युबराज लावती, नरेश राई, मनिश थापा। सोममाया गुरूङलाई चयन गरिएको छ ।
वाग्मती प्रदेशसभा सदस्य अमनकुमार मास्केको प्रमुख आतिथ्यता र जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए उपमहासचिव ओम गुरुङ लगायत विभिन्न राजनीतिक तथा सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधीकारीहरुलाई अध्यक्ष संजीव चाम्लिग राईले बधाइ तथा शुभकामना दिनुभएको थियो। यस्तै आफनो कार्यकालमा सहयोग गर्नुहुने जापानवासी नेपालीहरुमा धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्