बिशेषराजनीति

पूर्वगृहमन्त्री लेखक कटुञ्जेबाट पक्राउ

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ लगेको छ ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरीको टोली पुगेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निजी निवासबाट जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो ।

जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखक लाई ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.