राजनीति

यस्तो छ ओलीलाई लेखिएको पक्राउ पुर्जी

पूर्व प्रधानमन्त्री र्वाम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्नुभएको छ । उहालाई भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे पक्राउ पुर्जी लिएर गुण्डु पुगेको थियो ।

ओलीको नाममा जारी भएका पक्राउ पुर्जीमा लेखिएको छ– ‘तपाईँलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ । ‘

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो ।

जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.