राजनीति

ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो

शनिबार बिहान पक्राउमा पर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

उहाँहरुलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएको हो । ओली र लेखक दुवै जनालाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको एकजना अधिकृतले बताए । ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार रातभर आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्नेबारे छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.