राजनीति
पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताउनुभएको छ । जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाइएका ओलीलाई आज बिहान गुण्डुबाट पक्राउ गरिएको हो ।
पक्राउ पुर्जी लिएर प्रहरी गुण्डु पुगेपछि ओलीले वकिलहरूसँग परामर्श गर्दै आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताउनुभएको छ । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भन्नुभएको थियो ।
अध्यक्ष ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गर्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्