राजनीति

राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु : पूर्वगृहमन्त्री लेखक

पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताउनुभएको छ । जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखकलाई ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाइएकाले उहांलाई आज बिहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको हो ।

पक्राउ पुर्जी लिएर प्रहरी कटुन्जे पुगेपछि लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताउनुभएको हो ।

लेखकले भन्नुभयो, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशाेध पूर्ण ढंगले मलाई पक्राउ गरेकाे छ । यसकाे राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’ त्यस्तै उहाँले मन्त्रिपरिषदकाे निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएकाे आरोप लगाउनुभएको छ । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ । यस्ताे कहिले हुँदैन संसारमा’ लेखकले भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.