राजनीति
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगियो
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले प्रहरी परिसर भद्रकालीमा राखिएको थियो । उहाँलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।





प्रतिक्रिया राख्नुहोस्