राजनीति
नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा : प्रदीप ज्ञवाली
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको बताएउनुभएको छ । शनिबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उहाँले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार लागे पनि उसले चाहे जसो नहुने टिप्पणी गर्नुभएको छ । आज बिहान पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।
प्रदीप ज्ञवालीले लेख्नुभएको छ, ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।’ यता ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ ।




प्रतिक्रिया राख्नुहोस्