बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको बताउनुभएको छ । शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको भन्दै वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने टिप्पणी गर्नुभएको हो । नेता थापाले सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको बताउनुभयो ।
थापाले लेख्नुभएको छ, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’




प्रतिक्रिया राख्नुहोस्