जन सरोकार
साह्रै नै नमिल्ने कुरा भइरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन : निलाम्बर आचार्य
पूर्वराजदूत एवं संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आचार्यले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।
आचार्यले साह्रै नै नमिल्ने कुरा भएको र प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गर्नुभएको छ । प्रहरीले शनिबार बिहानै पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरकै कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो ।
आचार्यले सामाजिक सञ्जालमालेख्नुभएको छ , ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन ।’





प्रतिक्रिया राख्नुहोस्