राजनीति
ओली पक्राउको विरोधमा चावहिल क्षेत्रमा एमालेको प्रदर्शन
एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । एमालेका कार्यकर्ताहरूले काठमाडौंको चावहिलमा सडक प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सरकारविरूद्ध प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो ।
यता ललितपुरको च्यासलमा भने एमाले सचिवालय बैठक जारी रहेको छ । ओली पक्राउपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक आकस्मिक बोलाएको हो ।




प्रतिक्रिया राख्नुहोस्