विश्व समाचार
इरानी युरेनियम उत्पादन प्लान्टमा आक्रमण
मध्य इरानको याज्द प्रान्तमा रहेको युरेनियम प्लान्टमा शुक्रबार इजरायलले आक्रमण गरेको इरानको आणविक ऊर्जा सङ्गठनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले देखाएका छन । आक्रमणस्थलबाट अहिलेसम्म कुनै रेडियोधर्मी विकिरण चुहावट भएको छैन।
सन् २०२३ मेमा उद्घाटन गरिएको प्लान्टले युरेनियम उत्पादनका लागि आवश्यक ‘युरेनियम कन्सन्ट्रेट पाउडर’ र अन्य आवश्यक सामानको प्रशोधनमा मध्यवर्ती चरणको रूपमा सेवा गर्दछ।
यसै गरी, इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले शुक्रबार दक्षिण पश्चिमी प्रान्त फार्समा रहेको एउटा सिमेन्ट उद्योगमा अमेरिका–इजरायलले गरेको आक्रमणमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएको जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्