विश्व समाचार
स्पेनमा कोरोना कहर- राजकुमारी मारिया टरेसाको निधन
कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनेको युरोपली मुलुक स्पेनमा छ हजारको हाराहारीमा मृत्यु भैसकेको छ । यस क्रममा त्यहाँकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट निधन भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको डेली मेलले पुष्टि गरेको छ भने उहाँका भाइ हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन्तानविहन मारिया टेरेसा भाञ्जा भाञ्जीको सहारामा रहनुभएकी मारिया स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो राजपरिवार सदस्य हुनुहुन्छ । स्पेनमा बौर्बन पर्मा राजवंश छ ।