जन सरोकार

वैशाख ३ गतेसम्म लम्बियो नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

कोरोना संक्रमण फैलिन नदिन सरकारले लगाइरहेको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई चैत्र १८ बाट बढाएर आउँदो वैशाख ३ गतेसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थियो ।

यसबीचमा विदेशी एयरलाइन्सहरुलाई यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् । त्यस अनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरेको छ ।

सरकारले यात्रु लिएर आउन प्रतिवनध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर विमान ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.