खेल

३७ वर्षपछि घरेलु मैदानमा उपाधी : नेपालले चुम्यो थ्री नेसन्स कप

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधी चुमेको छ । सोमबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधी जितेको हो ।

फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

फाइनलमा संजोग राई म्याद अफ दि म्याच हुँदै २५० डलर पुरस्कार पाए भने रोहित चन्द मोस्ट भ्यालुएबल खेलाडी चुनिंदै ५०० डलर पुरस्कार पाए । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.