राजनीति

न्यायालय सुधार गर्ने बार उम्मेदवारहरुको प्रतिबद्धता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने भएको छ । बारको नेतृत्वमा दावी गर्ने सबै समूहका उम्मेदवारले न्यायालय सुधारलाई प्राथमिकता दिएका छन् ।

निर्वाचनकै क्रममा सोमबार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका लागि आफ्नो नेतृत्वले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले न्यायपालिकालाई भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निष्पक्ष बनाउन आफ्नो समूहको उम्मेदवारी रहेको बताउनुभयो । अध्यक्षसहित ११ पदाधिकारी तथा सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुन गइरहेको छ ।

निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता छन् । उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका छन् । यो वर्ष अन्य पेशामा आबद्ध भएका दुई हजार ५०० कानून व्यवसायीको नवीकरण नभएको बारले जनाएको छ ।

बारको निर्वाचनमा प्रगतिशील र बृहत् लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.