जन सरोकार

इन्धन संकट टार्न जोर-बिजोर र आइतबार विदा गर्न पत्राचार

पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग गरिएको

रुस युक्रेन युद्धका कारण विश्वमा बढ्दै गएको इन्धनको मूल्यको भार थेग्न यसका प्रयोग घटाउन नेपाल आयल निगमले सरकारलाई जोर-बिरोज प्रणली र आइतबार बिदाको प्रस्ताव गरेको छ ।

मुलुकमा बढ्दै गएको इन्धन संकट टार्न नेपाल आयल निगमले सरकारलाई पत्र लेख्दै सवारी साधनमा जोर-बिरोज प्रणाली लाग गरी आइतबार सार्वजनिक बिदा दिन माग गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह बताउनुभयो ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ ।

पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.