राजनीति

मनिष झाको प्रश्न- सरकार मिटरब्याजी पीडितको आत्महत्या पर्खिएर बसेको हो

महोत्तरीदेखि १३ दिनको कठिन पैदय हिंडाईपछि न्याय खोज्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरुलाई न्याय दिन तत्काल अग्रसरता देखाउनुको साटो सत्तापक्ष दलका कार्यकर्ताहरु पीडितको आवाजमा आवाज मिलाउन जानेको बिरोध गर्छन् ।

संसदमा यस वषयमा चर्को आवाज उठ्छ, तर सरकार कानमा तेल हालेर बसिरहेको छ । कानुनको अभाव छ भन्ने हो भने अघिल्लो सरकारकै पालामा यस विषयमा समिति बनेर काम अघि बढिरहेको थियो ।

तर, समस्या समाधान जस्ताको तस्तै छ । पीडितहरुले जनप्रतिनिधि नै पीडकको संरक्षणमा लागेको खुलासा गरिरहेका छन् । यस विषयमा संसदमा चर्को आवाज उठेको छ ।

आज (मंसिर १५ गते)को प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै झाले मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको स्मरण गराउँदै यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

उहाँले राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको आरोप लगाउँदै भन्नुभयो, यही सदनमा भएका सांसदको आफन्त आवद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन् ।’

सांसद झाले यो समस्या समाधानका लागि राज्य कसैको आत्महत्या पर्खिएर बसेको हो भन्ने प्रश्न उठाउँदै सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई साहुकारको संरक्षण नगर्न चेतावनी पनि दिनुभएको छ ।

सांसद झाले प्रश्न गर्दै भन्नुभयो, राज्य त कमजोरका लागि बनेको हो नि सबलका लागि त राज्य चाहिएकै थिएन नि । तर हामी किन कमजोरको संरक्षण गर्नुका साथै साहुहरुको संरक्षण गर्छौं ?’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.