भारतीय बजारमा भा.रु. हैन नेपाली नै चाहिन्छ किन ?
बाँके, बर्दिया र कैलालीको सीमापारी भारतीय बजारमा मात्र दुई खर्ब नेपाली रुपैयाँ थुप्रिएको
मुलुकमा आर्थिक संकट मडारिइरहेको प्रधानमन्त्री, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बाहेक अरु सबैलाई थाहा छ । आर्थिक संकटको सबभन्दा ठूलो प्रमाण बोकेका छन् व्यवसायीहरुले ।

यिनै व्यवसायीहरुले खोलेको एक रहस्य बुधबार संसद बैठकमा व्यक्त भएको छ । सांसद रञ्जीता श्रेष्ठले बुधबारको बैठकमा आफूसंग आफ्नो क्षेत्रका व्यापारीहरुले भनेको कुरा सुनाउँदै बाँके, बर्दिया र कैलालीको सीमापारी मात्र दुई खर्ब नेपाली रुपैयाँ रहेको जानकारी दिनुभयो ।
उहाँले सामान्य किनमेल गर्न पनि भारत जानुपर्ने बाध्यतामा रहेका सीमावर्ती जिल्लाका भारतीय बजारमा आजभोलि भारु चल्दैन, नेरु नै चाहिन्छ भन्ने गरेको र यसको कारण पत्ता लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद श्रेष्ठले अर्को गम्भीर कुरा पनि बताउनुभएको छ । उहाँले संसदका कुरा सरकारले सुन्न नसकेको भन्दै यसै गरी सांसद बोलिरहने, सरकार वेवास्ता गरिरहने हो भने संसदमा आएर कथा, कविता वाचन गरिरहनुको कुनै अर्थ छैन
प्रतिक्रिया राख्नुहोस्