राजनीति
सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति, कसलाई कति ?
सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको हो ।

बैठकमा कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जसपा समान २–२ मन्त्रालय पाउने सहमति भएको स्रोतले बताएको छ ।
त्यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको छ । यता सत्ता गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चाले भने कुनै पनि मन्त्रालय पाएको छैन । त्यस्तै सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पनि कुनै मन्त्रालय छैन ।
प्रतिक्रिया राख्नुहोस्