जापान

जापानले बनाइदियो गोरखाको रामेश्वरी माविको कक्षाकोठा भवन

जापान सरकारको सहयोगमा गोरखाको रामेश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा भवन निर्माण गरी त्यसको उद्घाटन र हस्तान्तरण गरिएको छ ।

जापान सरकारद्वारा जापानी गैरसरकारी संस्था परियोजनाको लागि अनुदान सहायता अन्तर्गत निर्मित भवनको बिहिबार जापानी राजदूत किकुता युताकाको उपस्थितिमा उद्घाटन गरिएको हो ।

उक्त परियोजना जापानी गैरसरकारी संस्था चाइल्डफण्ड जापानद्वारा कार्यान्वयन गर्दै आएको यहाँस्थित जापानी दूतावासले जनाएको छ । हाल तीन वर्षे परियोजनाको दोस्रो वर्षमा छ ।

सो अवसरमा राजदूत किकुताले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै नयाँ भवनको उचित व्यवस्थापन र मर्मत सम्भार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

साथै उहाँले विद्यालयमा सिकाइको वातावरण र भविष्यमा अझ बालमैत्री विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

राजदूत किकुताले सन् २०१५ को विनाशकारी भूकम्पपछिको आपत्कालीन विद्यालय पुनःनिर्माण परियोजनाअन्तर्गत नेपालमा यस्ता सहयोग जारी रहेको बताउनुभयो ।

उक्त परियोजनाले सिकाइ वातावरण र विद्यार्थीको उपस्थिति बढाउने कक्षाकोठाको भवन निर्माण गर्नुका साथै शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम पनि प्रदान गर्ने र समुदायमा आधारित बालमैत्री विद्यालयको स्थापनालाई सहयोग गर्ने सुधार गर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.