क्रिकेटखेल

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय

आयरल्यान्डको ए टोलीविरुद्धको पहिलो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ ।

टस

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।

नेपालको टोलीको प्लेइङ एघारमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेञ्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.