जन सरोकार

कोरोना रोकथामको औषधि र उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीच बाटोबाटै फिर्ता

चीनबाट ल्याइएको कोरोना रोकथामका स्वास्थ्य उपकरण लिएर उडेको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएको छ । समाचार अनुसार जहजामा रहेको स्यानिटाइजरबाट एक प्रकारको राग आएपछि जहाज फिर्ता ल्याइएको हो ।

यस विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको बताउँदै अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय नभइसकेको जानकारी दिनुभएको छ ।

सेनाको स्काई ट्रक कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको थियो । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.