राजनीति

कोरोना नियन्त्रणमा सयमतापूर्वक सघाउन सांसद भट्टराईको अपील

कास्की निर्बाचन क्षेत्र नं २ कि सांसद विद्या भट्टराईले संयम रहेर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सघाउन अपील गर्नुभएको छ । उहाँले कारोना संक्रमण फैलिन नदिन विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न कास्की क्षेत्र नं. २ र आम देशवासीमा अपिल गर्नुभएको हो ।

सोमबार एक प्रेस विज्ञप्ति मार्फत सांसद भट्टराईले विश्वलाई नै चुनौती दिएको कोरोना संक्रमण नियन्त्रण गर्न र जनताको स्वास्थ्यको रक्षा गर्न सरकार उच्चस्तरको कार्यमा लागिरहेको भन्दै सबैलाई उच्च सतर्कताका साथ आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

विज्ञप्तिमा संक्रमण फैलिन नसकोस भन्ने उद्देश्यका साथ लकडाउनको समय अवधि थप गरिएको र यस अवधिमा दैनिक जीवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं २ का जनताको देखाएको धैर्यताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले यो असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएका कारण यसलाई पूर्ण रुपमा पालना गर्न हार्दिक अनुरोध गर्नुभएको छ ।

उहाँले यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति उच्च सम्मान ब्यक्त गर्दै उहाँहरूको आत्मबल बढाउनका लागि बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयप्रति आभार समेत व्यक्त गर्नुभएको छ । त्यस्तै नेपाल सरकारले लकडाउनको समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेकाले विपन्न समुदाय र श्रमिकहरुलाई राहतको महसुस गराएको समेत उहाँले बताउनुभएको छ ।

त्यस्तै उहाँले विज्ञप्तिमा संकटको अवस्थामा निरन्तर आफ्नो कार्यक्षेत्रमा कृयाशिल, सुरक्षाकर्मीहरू, सूचना संप्रेषण गरिरहनु भएका सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक सम्मान ब्यक्त गर्दै विदेशबाट नेपाल आएका सम्पूर्ण ब्यक्तित्वहरुलाई सुरक्षित रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

सांसद भट्टराईले कोरोना संक्रमण फैलिन नदिन तीनै तहका सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारका सवालमा गरेका प्रयासहरू सकारात्मक रहेको भन्दै अहिले सबैको सामु उत्पन्न विषम परिस्थितिमा आफू सदाझैं जनताको सातमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

रामजीप्रसाद लम्साल, पोखरा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.