जल/वातावरण
वीर अस्पतालमा कोरोनाको आशंका गरिएकी युवतीको मृत्यु, बुटवलमा मृत्यु भएका युवामा कोरोना थिएन

सोमबार विहान मात्रै कोरोना संक्रमणकाृ आशंकामा बेहोस अवस्थामा काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएकएी एक युवतीको मृत्यु भएको छ । ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।
वीर अस्पतालको निर्देशक डा केदार सेञ्चुरीका अनुसार ती युवतीलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।
भारतबाट यही साता नेपाल आएकी उनलाई अस्पताल ल्याउँदा ल्याउदाँ उच्च ज्वरो, स्वास फेर्न पनि गाहो भइरहेको थियो । निर्देशक सेञ्चुरीका अनुसार उनलाई इमजेन्सीमा भर्ना गरेर कोरोनाको शंका गरेर उनको नमूना टेकु ल्याबमा पठाएको पनि बताउनुभयो ।
आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले मृतकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्