जन सरोकार

सर्वसाधारणलाई निर्घात कुट्ने सशस्त्र प्रहरी कारबाहीमा पर्ने, प्रहरी कुट्ने एकजना पक्राउ

सप्तरीमा लिएर गैरहेका दुई युवालाई निर्मम तरिकाले कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही हुने भएको छ ।

सशस्त्र प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा जिल्लाको बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले छानबिन गरिरहेको समाचार छ ।

घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

सर्वसाधारणमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको र दोषी भेटिए घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारबाही हुने सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले बताउनुभएको छ ।

यसैबीच बाराको परवानीपुर गाउँपालिका ५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका ५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो । व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.