गृह मन्त्रालयमा सरकार र थरुहट संघर्ष समितिबीच वार्ता

सरकार र आन्दोलनरत थारू कल्याणकारिणी सभासहित थरुहट संघर्ष समिति र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरू भएको छ । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा कल्याणकारिणी सभाका पदाधिकारीबीच वार्ता भएको हो ।
समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समितिसंग वार्ता गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । समितिमा परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य रहनुभएको छ ।
कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ ।
टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन् ।
प्रतिक्रिया राख्नुहोस्