राजनीति

माधव नेपाल समूहको निष्कर्ष- नयाँ पार्टी नबनाउने, भोलि के हुन्छ थाहा छैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहले अध्यक्ष ओलीको कारबाही पार्टी विभाजनतिर लैजाने षड्यन्त्र भएकाले आफ्नो समूहले सो कारबाही नमान्ने, नयाँ पार्टी पनि नबनाउने निष्कर्ष निकालेको छ ।

सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमपछि बसेको बैठकले ओलीको सो कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने निष्कर्ष निकालेको हो

मंगलबार बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको भन्दै यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम रहेको निष्कर्ष निकालिएको छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको अध्यक्ष ओलीको यो कदम पार्टी विधान, पद्धति र मान्यता विपरित भएको भन्दै भर्त्सना गरिएको छ । नेपाल समूहले अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै कारबाही नमान्ने बताएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.