जापान

नयाँ वर्षको अवसरमा ‘प्रवासी नेपाली’ स्मारिकाको बिमोचन

नेपालीहरुको नयाँ वर्ष २०७९ को अवसरमा स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले प्रकाशन गर्न लागिएको “प्रवासी नेपाली” नामक स्मारिकाको बिमोचन हुने भएको छ ।

अप्रिल १४ तारिक जापानको नागोयास्थित देउराली दोहोरी साँझमा दिउसो १ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान समेत गरिने छ ।

स्मारिकामा बिशेष गरी प्रवासमा रहेका नेपालीहरुको यथार्थलाई लेख रचना, गजल र कविताको माध्यमबाट उतार्न प्रयास गरिएको छ । पुस्तकमा आफूलाई बिभिन्न क्षेत्रमा अब्बल ठहराउनु भएका विज्ञहरुको अनुभव, भोगाइ, सुझाव तथा नेपाली भाषा र संस्कृतिलाई माया गर्ने स्रष्टाहरुको लेखलाई समेटिएको छ ।

प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिका निम्ति केही काम गरौँ भन्ने अभिप्रायका साथ प्रकाशित यस स्मारिकाका लागि अति महत्त्वपूर्ण लेखरचना, शुभकामना र विज्ञापनहरू उपलब्ध गराई हामीलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव तथा सङ्घ संस्थाहरूप्रति सस्थाका अध्यक्ष निसान रानाले आभार व्यक्त गर्नु भएको छ ।

अध्यक्ष रानाले जापानमा रहेका नेपाली सामाजिक संघसस्थाहरुको लागि अती महत्वपूर्ण कार्ययोजना तय गरिसकेको र बिमोचानकै दिन आगामी कार्यक्रमबारे जानकारी दिने पनि बताउनु भयो ।

बिमोचन कार्यक्रम नेपाली नयाँ वर्षकै दिन र नागोयाकै मुटु साकायमा रहेकोले पनि सम्पूर्ण नागोया बासी नेपालीबासीहरुमा कार्यक्रममा आई कार्यक्रमको शोभा बढाई दिनु हुन स्याङ्जा समाज जापान नागोया क्षेत्रले हार्दिक निमान्त्रण गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.