जन सरोकार

टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित मेलम्ची चोकमा विद्यालय जाँदै गरेका दुई बालिकाका टिपरको ठक्करबाट मृत्यु भएको छ ।

समाचार अनुसार रोहन घिसिङले आफ्ना दुई छोरीलाई मोटरसाइकलमा राखेर स्कुल पुर्याउँदै गर्दा टिपरले ठक्कर दिंदा ती बालिकाको मृत्यु भएको हो ।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत ती बालिकाहरु सवार मोटरसाइकललाई विहान ८ बजे बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी वृत्त बौद्धका अनुसार टिपरको ठक्करबाट बाबु रोहत गम्भीर घाइते भएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

घिसिङले टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि लडेपछि चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.