जापान

अप्रिल १ देखि हिमालयन इन्टरनेशनल एकेडेमीमा अभिमूखीकरण

जापानमा रहेका नेपालीहरुद्वारा गत वर्षदेखि संचालनमा ल्याइएको नेपाली विद्यालय हिमालयन इन्टरनेशनल एकेडेमीले आउँदो अप्रिल १ देखि अभिमूखीकरण (ओरियन्टेशन) संचालन गर्ने भएको छ ।

अभिमूखीकरण कार्यक्रममा विद्यालयका नयाँ तथा पुराना अभिभावकहरूलाई विद्यालयका नीति, नियम र आगामी शैक्षिक सत्रको पठन पाठन र अन्य क्रियाकलापका बारेमा जानकारी गराइने एकेडेमीका प्रिन्सिपल शिशिर गौडेलले जानकारी दिनुभयो ।

विद्यालयमा हाल अमेरिकन १ जना, भारतीय मुलका ३ जना, जापानी ३ जना र नेपाली ८ जना गरी जम्मा १५ जना अनुभवी शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् ।

प्रिन्सिपल गौडेलले विद्यालयको उद्देश्य विद्यार्थीको अविछिन्न क्षमता र सोचलाई फरक तरिकाले प्रस्फुटन गर्ने र कम्तिमा पनि अंग्रजी, नेपाली र जापानी भाषामा पोख्त गराइनु रहेको बताउनुभयो ।

टोकियोको कोइवा स्टेशनबाट ७ मिनेटको पैदल दुरिमा रहेको यो विद्यालयको मासिक शुल्क ४ मान छ भने वार्षिक रुपमा भर्ना, पाशाक र कितावको शुल्क लाग्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.