विश्व समाचार

नेदरल्याण्डद्वारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ । नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो ।

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ ।

यसबीच रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।

युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४,०१९,२८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमणपछि देशको सिमाना पार गरी भागेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.