राजनीति

तनहुँ क्षेत्र नं १ मा कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो स्थान रिक्त भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.