जापान

जापानमा एसइई परीक्षा, १४ जना सहभागी हुँदै

चैत्र १७ गतेदेखि सुरु हुने यस वर्षको एसइई परीक्षामा जापानमा पनि परीक्षा केन्द्र कायम गरेको छ । जापानमा रहेका १४ जना विद्यार्थीले जापानबाटै एसईई परीक्षा दिने परीक्षा बोर्डले जनाएको छ ।

जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोमा रहेको एभरेस्ट इन्टरनेशनल स्कूलमा अध्ययनरत नेपाली विद्यार्थी एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।

सन् २०१३ देखि जापानमा सञ्चालित एभरेस्ट इन्टरनेसनल स्कुललाई स्थापनाको लामो समयपछि सरकारले नेपाली पाठ्यक्रम सञ्चालनको मान्यता दिएको थियो । ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.