कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको सन् २०२० को अप्रिलमा हुनुपर्ने टोकियो ओलम्पिक खेल आगामी वर्ष अर्थात् २०२१ को जुलाईमा हुने नयाँ मिति तय भएको छ । टोकियो महानगरपालिका प्रशासनले नयाँ मिति तय गरेको हो ।
महानगरले जुलाई २१, २०२१ ओलम्पिकको शुभारम्भ गर्ने र पारा ओलम्पिक भने २४ अगस्ट २०२१ बाट सुरु हुने नयाँ मिति तय गरेको हो ।
अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक समिति तथा टोकियो महानगरपालिका र जापान सरकारले नयाँ मितिको मञ्जुरी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्