जन सरोकार

लक डाउन सफल पार्ने नाममा सडक खन्ने, पुल भत्काउने ?

सरकारले कोरोना स.क्रमण फैलिन नदिन गरेको लकडाउनका समयमा पनि मानिसहरु घरबाट बाहिर निस्के वा शहर बजारतिर हिंडे भनेर प्रहरीले कुटपिट गर्नेदेखि सचेतना कक्षा लिनेसम्मको काम गरिरहेको छ । तर, यसैलाई आधार बनाएर बिकास बिरोधीहरु पनि सल्बलाउन थालेको पाइएको छ ।

लकडाउन सफल पार्न भन्दै कतै सडकमा खाल्डा खनिएका छन् त कतै रुख काटेर अबरोध गरिएको छ । भौतिक पूर्वाधार नै विगार्ने गरी लकडाउन सफल पार्ने यो कस्तो तरिका हो भन्ने प्रश्न आमरुपमा उठ्न थालेको छ ,।

पछिल्लो समा लकडाउनमा मानिसहरुको आवतजावत रोक्न भन्दै प्यूठन स्वर्गद्वारी नगरपालिका वडा न ५ मा रहेको झोलुंगे पुलका स्ल्याब नै निकालेर फु जीर्ण बनाइदिएका छन् । समाचारा अनुसार सो काममा वडा नं. ५ का वडाध्यक्ष नै संलग्न रहेका थिए ।

लकडाउनलाई राजनीकि हथकण्डा वा इष्र्या साध्ने मेसो बनार यसरी पुल नै भत्काइदिने काम कुनै अर्थमा पनि जायज हैन । लकडाउनलाई नेपाल बन्द वा राजनीतिक आन्दोलनको शैलीमा ध्वंशको एजेण्डा बनाउने कुकर्म गर्नेहरुलाई तत्काल कारबाही गर्नु आवश्यक छ ।

यसैबीच पुल नै भत्काएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेख्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ- “आउजाउ रोक्ने नाममा झुलुङ्गेपुलको स्ल्याव निकाल्ने, वाटोमा खाल्डो खन्ने र रुख ढालेर छेक्ने जस्ता कामहरु नगरौ । ती पछि काम लाग्छन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.