मन्त्रिपरिषद् विस्तार शुक्रबार
मन्त्रिपरिषद् विस्तार शुक्रबार हुने भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तारको मिति शुक्रबारको लागि सरेको हो ।

यद्यपि बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रबार बिहान सत्ता साझेदार दलहरुबीच बैठक बस्ने र दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको एक नेताले जानकारी दिए ।
यसअघि बुधबार बसेको सत्ता साझेदार दलहरुबीचको बैठकमा कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जसपा समान २–२ मन्त्रालय पाउने सहमति भएको थियो ।
त्यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको थियो । यता सत्ता गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चाले भने कुनै पनि मन्त्रालय पाएको छैन । त्यस्तै सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पनि कुनै मन्त्रालय छैन ।
प्रतिक्रिया राख्नुहोस्