जन सरोकार

ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो ।

सिफारिसपत्रमा शङ्का लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी जाँच गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरिएको बताउनुभयो ।

सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए÷नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.