क्रिकेटखेल

फिनिक्स कलेजद्वारा क्रिकेटका पाँच खेलाडी सम्मानित

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

फिनिक्स कलेजद्वारा क्रिकेटका पाँच खेलाडी सम्मानित

क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही रु ५० हजार नगदसहित बिहीबार सम्मान गरेको हो ।

क्रिकेट टोलीका पाँच जना खेलाडीलाई कलेजका कार्याकारी निर्देशक लक्ष्मण पोखरेल, प्राडा फत्तबहादुर केसीले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीलाई उच्च शिक्षा हासिल गर्न शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.