राजनीति
शेखर समूहलाई दुई मन्त्रालयमात्र दिएपछि चुलियो असन्तुष्टि
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका शेखर समूहको भागमा दुई मन्त्रालय दिइएको छ ।

शुक्रबार मन्त्रिपरिषद्को विस्तारको अन्तिम तयारी हुँदा कांग्रेसको भागमा परेको आठमध्ये शेखर समूहलाई २ मन्त्रालय मात्र दिइएपछि असन्तुष्टि चुलिएको हो । सो समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेपछि शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्