जापान

स्कुले छात्रामाथि यौन अपराध गरेको अभियोगमा एक नेपाली युवक पक्राउ

जापानमा एक हाईस्कुले छात्रामाथि यौनजन्य अपराध गरेको अभियोग एक नेपाली युवा पक्राउ परेका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

जापानमा हाईस्कुले छात्रामाथि यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली युवक पक्राउ

जापानको टोकियोको सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्रालाई बोलाएर उनको संवेदनशील अंगहरुमा छुने लगायतका अश्लील कार्य गरेको आरोपमा ती नेपाली पक्राउ परेका हुन् ।

अमृत सापकोटा नाम गरेका नेपाली युवाले गत महिना सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्राको संवेदनशील अंग छुने जस्ता अश्लील कार्य गरेको महानगरीय प्रहरी विभागले जनाएको छ ।

सापकोटाले साथीको कोठामा मादक पदार्थ सेवन गरेपछि घर जाने क्रममा बाटोमा रहेकी छात्रालाई बोलाएर नजिकैको पार्किङमा लगेर यौनजन्य क्रियाकलाप गरेको जापानी समाचार संचार माध्यमले जनाएको छ ।

यद्यपि सापकोटाले आरोपको आंशिक खण्डन गर्दै आफूले उक्त कार्य जबर्जस्तीमा नभई सहमतिमा गरेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.