जन सरोकार

डलर साट्ने बाहानामा ३० लाख ५० हजार रुपैयाँ ठगी

डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छछ ।

गत बुधबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ कर्थली घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उनले ठगी गरेका हुन् ।

रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ ।

यसै गरी काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका १ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, बेलबारी नगरपालिका १० प्रगती टोलबाट नियन्त्रित लागूऔषध स्पासपेन ३ सय ८६ ट्याब्लेट, ट्रमाडोल ३ सय ५० ट्याब्लेट र अवैध लागूऔषध गाँजा ६ सय ११ ग्रामसहित कानेपोखरी गाउँपालिका ५ बस्ने २८ वर्षीय आशिस राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले प्र १-०२-०४० प ९३८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.