राजनीति
मन्त्रिमण्डल विस्तार भएकै दिन खानेपानी मन्त्रीको राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेकै दिन जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका अब्दुल खानले राजीनामा दिनुभएको छ ।

एमालेसंगको गठबन्धनदेखि नौ मन्त्रालयको भागवण्डाप्रति असन्तुष्ट जनाउँदै आएको जनमतबाट खानले मन्त्रिमण्डल विस्तारमा पनि सो विषयमा चासो नदिएपछि खानले राजीनामा दिनुभएको हो ।
उहाँले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिनुभएको हो । जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो।
तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ। विस्तार भएको मन्त्रिपरिषदमा खानले उद्योग मन्त्रालय माग गरे पनि नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्