अर्थ
अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने अर्थमन्त्री डा. महतको प्रतिबद्धता
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा पदवहाल गर्दै डा. महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताउँदै सुधार गर्ने
प्रतिबद्धताा जनाउनुभएको हो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले भन्नुभयो ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’
साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताउँदै सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने र लगानी भित्र्याएर राजस्वको दायरा बढाउने जनाउँदै राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्