जन सरोकारस्वास्थ्य

कोरोना सङ्क्रमितको संख्या निरन्तर उकालो लाग्दै, आज कति सङ्क्रमित थपिए ?

नेपालमा कोरोना भाइरसको सङ्क्रमण शुक्रबार फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । शुक्रबार सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताउनुभयो । उहाँले खुला सीमा नाकाबाट सङ्क्रमित नेपाल भित्रिएको हुनाले सङ्क्रमण बढेको बताउनुभयो ।

भारतको उत्तर प्रदेशमा सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.