जन सरोकार

बुधबार विहानदेखि छ स्थानबाट नेपाल ग्यास वितरण गरिने

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उहाँले भन्नुभयो, ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.